फेरि बढ्यो सुनको भाउ

काठमाडौँ, ३ माघ । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको हो ।

सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।

सुनको भाउसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।

आज शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

२३ पुसमा सुनको भाउ तोलाको ७६ हजार ५ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको थियो ।

Loading...