गर्भावस्थामा लापरबाही गरे जन्मिनुअघि नै बच्चालाई दम

विराटनगर, ३ माघ । मौसमी रुघाखोकी वा कोल्ड कफलाई मानिसहरू सामान्य ठानेर वेवास्ता गर्ने गरेको पाइन्छ ।

यो समस्यालाई लिएर मानिसले कहिले पनि गम्भीर भएर सोचेको हुँदैनन् ।

रुघाखोकी वा कोल्ड कफको बेला सास फेर्न गाह्रो हुने तथा सुत्न गाह्रो हुँदा निद्रासम्बन्धी धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

एक सामान्य व्यक्तिलाईको तुलनामा गर्भावस्थामा कोल्ड कफले दुई गुणा समस्या उत्पन्न गरिरेको हुन्छ ।

कफले गर्भवती महिलालाई मात्र नभएर गर्भमा रहेको बच्चालाई पनि नराम्रो असर गर्ने हुन्छ ।

प्लोस वान जर्नलमा प्रकाशित गरिएको एक अध्ययनमा कोल्ड भाइरसले गर्भवती महिलाको प्लेसेन्टालाई संक्रमित गर्न सक्ने खुलासा गरिएको छ ।

महिलाको गर्भावस्थाको क्रममा पाठेघरमा विकास हुने शारीरिक अंग प्लेसेन्टामा विकसित हुँदै गरेको बच्चासम्म अक्सीजन र जरूरी पोषण तत्व पुर्‍याउने काम गर्छ ।

प्लेसेन्टाले नै बच्चाको रगत शुद्धीकरण गरेर आमाको शरीरमा भएको विकारयुक्त तत्व बच्चासम्म पुग्न दिँदैन ।

बाल रोग विशेषज्ञ र तुलाने यूनिभर्सिटीमा प्रोफेसर अफ पीडियाट्रिक्स जियोवानी पिडिमोन्टेको नेतृत्वमा गरिएको अनुसन्धानले गर्भावस्थामा आमालाई भएको कफ, चिसो र शरीरमा विकास भएको भाइरस बच्चासम्म फैलाउने गरेको पाइएको छ ।

कोल्ड भाइरसले बच्चाको सास फेर्ने नालीमा समस्या उत्पन्न गराउनुका साथै कतिपय अवस्थामा कोल्ड भाइरस गर्भमा विकसित हुँदै गरेको भ्रुणलाई जन्मपछि दम तथा अस्वस्थमा जस्ता रोग निम्तिन सक्छ ।

गर्भवती महिलाको प्लेसेन्टाले भ्रुणले गार्डसरह काम गरेपनि कतिपय भाइरस भ्रुणसम्म पुग्न सक्ने हुँदा बच्चाको स्वास्थ्यलाई गम्भीर हानी हुन जान्छ ।

त्यसैले गर्भावस्थाको क्रममा महिलालाई चिसोमा अत्यधिक सतर्कता अपनाउनु पर्छ ।

Loading...