शीर्षता कायमै राख्ने मछिन्द्रको दाउ, आज शेर्पासँग भिड्दै

काठमाडौं, ३ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणको खेल सुरु हुँदैछ ।

आज पहिलो दिन एउटा मात्रै खेल हुनेछ, जसमा उपाधि दाबेदार मानिएको मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ ।

दिउँसो ३ बजेबाट सुरु हुने उक्त खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग खेल्न लागेको छ ।

यो खेल अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने भनिएको उक्त खेल भारी वर्षाका कारण एन्फा कम्प्लेक्स सारिएको हो ।

यस खेलमा शीर्ष स्थानमा मछिन्द्रले शीर्षता कायमै राख्ने लक्ष्य लिएको छ ।

यता शेर्पा भने पुछारबाट दोस्रो स्थानमा छ ।

शेर्पा भने पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अंकको खोजीमा हुनेछ ।

Loading...