ट्र्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु

सुनसरी, ३ माघ । सुनसरीमा ट्र्याक्टरले किचेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।बराहक्षेत्र नगरपालिका–२ पुतली टोल बस्ने डिकबहादुर थापाको ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको हो ।

बिहीवार अपरान्ह साँढे ४ बजेको समयमा रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्र्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्र्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरीले चालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Loading...