रोनाल्डिन्होले यसरी गरे मेस्सीको प्रशंसा

एजेन्सी, ३ माघ । ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होले आफ्ना पूर्वसहकर्मी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको प्रशंसा गरेका छन् । ‘पनिका म्यागजिन’सँगको अन्तर्वार्ताका क्रममा बार्सिलोनाका पूर्वस्टार रोनाल्डिन्होले मेस्सी एक पूर्ण खेलाडी भएको बताए ।

sdaf

बार्सिलोनामा पाँच वर्ष बिताएका रोनाल्डिन्होले आफू क्याप नोउ आउँदादेखि नै क्लबले मेस्सी भित्र्याउने विषयमा छलफल गरिरहेको सुनाए । सन् २००३ देखि २००८ सम्म बार्सिलोनामा रहेका रोनाल्डिन्होले भने, ‘जब म बार्सिलोना पुगेँ, त्यहाँ एउटा बच्चा भित्र्याउने भन्दै कुरा भइरहेको थियो । जब मेस्सी आए, तबदेखि नै हामी साथी भयौँ, हामीले एकसाथ खेल्यौं ।’

‘उनी अरुभन्दा धेरै फरक थिए,’ उनले थपे, ‘म भाग्यमानी थिएँ कि मैले नै उसको पहिलो गोलमा पास मिलाएको थिएँ । अहिले पनि हामी उत्तिकै मिल्छौं । अहिले लियोसँग सबैकुरा छ । उनलाई मबाट केही कुराको आवश्यता नै पर्दैन ।’

Loading...