रातको समयमा दमरोगीहरूलाई गाह्रो हुने कारणहरू

विराटनगर, ३ माघ । जाडोको समयमा चिसोले दमरोग बिरामीको संख्यामा वृद्धि गराउने गर्छ । विश्व रोगभार सर्वेक्षणले नेपालमा ९ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ । श्वास फेर्न अप्ठ्यारो हुन्छ भने त्यो दमको पहिलो लक्षण मानिन्छ ।

चिसोको समयमा घरभित्र बढी बस्ने हुँदा परिवारका मानिसहरूसँग क्लोजनेश बढी हुन्छ जसले छातीसम्बन्धी विभिन्न संक्रमण एकबाट अर्काे व्यक्तिमा फैलिने सम्भावना बढी हुने गर्छ । दिनभरको काम र थकाइपछि रातको समय आनन्दसँग सुत्ने सबैको चाहना हुन्छ । तर, दमको समस्या भएको व्यक्तिले हरेक रात निदाउन निकै अप्ठयारो हुन्छ ।

धेरैजसो मानिसहरूलाई रातको समयमा दम बढ्ने हुन्छ । दमको बिरामीहरूलाई रातको समयमा खोकी लाग्ने, श्वासप्रश्वासमा गह्रो हुने, हाच्छ्यू आउने, पसिने आउने, चिटचिट हुने हुन्छ । रातको समयमा दम बढ्ने कारणहरूमध्ये सुत्ने तरीका ठीक नहुनु मुख्य हो । सुतेको बेलामा हावाको वहाव तल्लो तहबाट भयो भने फोक्सोमा रगतको प्रभाव बढ्न थाल्छ र दम बढ्न सक्छ । त्यस्तै जाडोको समयमा एयर कन्डिसनर वा हिटरको तातो हावाले कोठामा भएको मोइस्चर निकाल्ने हुँदा सास फेर्न गार्हो हुन्छ र दम बढाउँछ ।

सुत्नलाई प्रयोग गरिएको गद्दा, ओछ्यान, सिरानी तथा सिरक सफा नहुँदा त्यसमा भएको धुलोले पनि दम बढाउन सक्छ । सुत्ने कोठामा ढुँसी अथवा पानीले चिसो बनाएको धब्बा छ भने यसले पनि श्वासप्रश्वासमा समस्या निम्त्याएर दम बढाउन सक्छ । जाडो छेक्न घरभित्र बालिने धुवाँ, तथा चुरोटको धुवाले फोक्सोमा समस्या गराएर पनि दम बढाउन सक्ने हुँदा यस्ता कुराबाट सतर्क रहन आवश्यक हुन्छ ।

Loading...