मार्टिनेज इन्टरमै रहने, भने– ‘बार्सिलोना जाने कुरा हल्ला मात्रै’

एजेन्सी, ३ माघ । इटालियन क्लब इन्टर मिलानका स्टार खेलाडी लाउटारो मार्टिनेजले आफू इन्टरमै खुशी रहेको बताएका छन् । अर्जेन्टिनी मिडिया ‘टीवाईसी स्पोर्ट्स’सँगको अन्तर्वार्तामा मार्टिनजेले आफू इन्टरमै रहने बताएका हुन् ।

sdaf

२२ वर्षीय मार्टिनेज पछिल्लो समय बार्सिलोना जाने विषयमा चर्चामा छन् । आफ्ना अर्जेन्टिनी सहकर्मी लियोनल मेस्सीको आग्रहमा उनी क्याप नोउ जाने चर्चामा छन् । बार्सिलोना उनलाई भित्र्याउन इच्छुक देखिएको बताइन्छ । तर, उनी भने यो हल्लाको विषय मात्र भएको बताउँछन् ।

‘बार्सिलोना जाने विषय हल्ला मात्रै हो,’ उनले भने, ‘सायद मप्रति बार्सिलोनाले इच्छा देखायो होला । बार्सिलोना मलाई भित्र्याउन इच्छुक देखियो भने मैले पक्कै पनि केही राम्रो गरेकै हुनुपर्छ । तर, आज मैले इन्टरको जर्सी लगाइरहेको छु, यहाँ म धेरै खुशी छु । यहाँका मानिसले मलाई धेरै माया गर्छन् ।’

Loading...