अबुधाबी दुर्घटना : मृत्यु हुने ६ मध्ये तीन नेपाली

१४ नेपाली कामदार घाइते

काठमाडौं, ३ माघ । दुबईको आबुधाबीमा बिहीबार बिहान भएको सवारी दुर्घटना तीन जना नेपाली कामदारको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । ती मध्ये तीनजना नेपाली छन् । अन्य तीनजान भने श्रीलंका र पाकिस्तानी नागरिक छन् ।

दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत मजदुर सवार बस अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे मालबहाक लरीसँग ठोक्कीएको थियो ।

दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा घाइते भएका छन् ।

घाइतेको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ। बसमा चालकसहित २४ सवार रहेको बताइएकोा छ ।

Loading...