पश्चिमी वायूको कारण वर्षा र हिमपात

विराटनगर, ३ माघ । पश्चिमी वायूको कारण आज बिहानै देखि देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको कारण हिजोदेखि भइरहेको वर्षा र हिमपात सुरु भएको हो ।

आज (शुक्रबार) दिनैभरी हिमपात र वर्षा हुने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

शुक्रबारदिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।

Loading...