Rumpum

Rumpum Advertisement

चाहिने भन्दा धेरै खानु हानीकारक

चाहिने भन्दा धेरै खानु हानीकारक

विराटनगर, ३ माघ । कहिलेकाँही मानिसहरू चाहिने भन्दा बेसी खाने गरिरहेका हुन्छन् ।

खानेकुरालाई अनियन्त्रित रुपमा खानु भनेको शरीरमा रोग निम्त्याउनु हो । धेरै खानुका हानी बाहेक अरु केहि हुँदैन ।

धेरै खाएमा हाम्रो पाचन प्रक्रियामा समस्या भइ पेट सम्बन्धी विभिन्न रोगहरू लाग्छ ।

यो बाहेक धेरै खाँदा पेटको आकार बढ्नुका साथै मोटोपनाले सताउन थाल्छ ।

मोटोपनाले मधुमेह, कोलेस्ट्रोल, रक्तचाप, मुटुरोग, हड्डीसम्बन्धि अन्य दिर्घ र जटिल रोगहरू निम्त्याउछ ।

छिटोछिटो र धेरै खाने लोभले मुखभित्र बढी हावा चिर्ने हुदा हिक्क हिक्क लाग्न थाल्छ ।

बढी खाना खादा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुनुका साथै खानेकुरा खानाको पाइपमा नभई सास फेर्ने नलिमा जाने गर्छ ।

जसका कारण खाएको खाना पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ अमिलो पानी आउने, अपच हुन थाल्छ ।

अत्यधिक खाँदा वाकवाकी हुने, बान्ता आउने, झाडापखाला लाग्ने समय आउछ ।

चाहिने भन्दा बढी खाना पचाउन शरीरलाई निक्कै समय लाग्ने हुदा दिमागमा जोर पर्न जान्छ ।

जसले शरीरलाई अल्छि बनाएर जतिखेर पनि निन्द्रा लाग्ने समस्या हुन थाल्छ ।

धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नु पर्ने हुन्छ ।

धेरै खाएमा स्वासप्रस्वास सम्बन्धि विभिन्न रोग लग्नुका साथै पेट, फोक्सो, किड्नी, ब्लाडर, लिभर, मुटुलगायतका शरीरका विभिन्न अंगमा हानि पुग्ने हुन्छ ।

त्यसैले मिठो छ भन्दैमा वा सित्तैमा पाएको भन्दै लोभ गरेर धेरै खानु भन्दा पनि शरीरलाई चाहिने ठिक्क मात्रामा खाने गर्नु पर्छ ।