दुई छोरासहित दम्पति नै त्रिशुलीमा हामफाले, एक महिलाको मृत्यु

काठमाडौं । दुई सन्तानसहितका एक दम्पतिले त्रिशुली नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।
र धादिङमा दुई सन्तानसहित त्रिशुली नदीमा हाम फालेका एक महिलाको मृत्यु भएको हो । दुई बालक बेपत्ता छन् । एक जनालाई भने प्रहरीले उद्दार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भएको जनाएको छ । ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका विनय लामिछानेको परिवारले नै त्रिशुली नदीमा हाम फालेका हुन् ।

विनयको उद्दार भएको धादिङ प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीमा हामफालेको विषयमा अनुसन्धान भइरहेको र हामफल्ने कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

विनय परिवारसहित गोरखास्थित ससुरालीबाट फर्किने क्रममा पुरै परिवारले हाम फालेका हुन् ।

Loading...