Rumpum Advertisement
Dazzu

टर्कीको सेना लिवियामा पुगे

टर्कीको सेना लिवियामा पुगे

टर्की, २ माघ । टर्कीले लिवियामा आफ्नो सेना पठाउन थालिसकिएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले मान्यता दिएको लिवियाको राष्ट्रिय सहमतिको सरकार (जीएनए)लाई सघाउन सेना लिविया पठाएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए ।

एर्दोगानले बिहीबार अङ्कारास्थित एक कार्यक्रममा टर्कीको सेनाले लिवियामा रहेको वैधानिक सरकारलाई सहयोग गर्ने बताए ।

उनले लिवियामा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वका लागि सेनाले काम गर्ने बताए ।

उनले टर्कीले लिवियाको पूर्वी भूमध्यसागरीय क्षेत्रबाट सैन्य अभ्यास तथा अनुसन्धानलाई जीएनए सरकारसँगको सहमति अनुसार छिट्टै काम सुरु गर्ने बताए ।

टर्कीले लिवियामा जारी द्वन्द्व अन्त्यका लागि राष्ट्रसंघद्वारा मान्यताप्राप्त सरकारसँग गत नोभेम्बरमा दुई सम्झौता गरेको छ ।

स्थल तथा जल सेनाका लागि सैन्य सहयोगमार्फत् लिवियाली संयुक्त सरकारका प्रधानमन्त्री फायज अल–साराजलाई सहयोग पु¥याउने टर्कीले जनाएको छ ।

टर्कीले एक हप्ता पहिले देखि नै सैनिक समूहहरूलाई पठाउन सुरू गरेको हो ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनका भरमा तत्कालिन शासक मोहमर गद्दाफीलाई पदच्युत गरी हत्या गरिएपछि लिवियामा जीएनएले त्रिपोली क्षेत्र हेर्दै आएको छ ।

खालिफा हफ्तरले नेतृत्व गरेको गद्दाफीको समर्थनमा रहेको लिवियाली राष्ट्रिय सेना (एलएनए)को सहयोगप्राप्त समूहहरूले पेट्रोलियम पदार्थका लागि सम्पन्न पूर्वी क्षेत्र कब्जामा लिएको छ ।