विद्युत आयोजनामा काम गर्दा चिनियाँ कामदारको मृत्यु

ताप्लेजुङ, २ माघ । ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्यतमोर जलविद्युत आयोजनामा काम गर्ने क्रममा एक चिनियाँ कामदारको मृत्यु भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १० मिक्लुङमा रहेको निर्माणधिन सानिमा मिडिल तमोर हाइड्रोपावरमा काम गर्ने क्रममा सिमेन्ट घोल्ने मेसिनमा पेलिएर उनको मृत्यु भएको हो ।

बुधबार राती ११ बजे चीनको अन्सुई प्रान्तका ५१ वर्षीय चाङ स्याकनको मृत्यु भएको हो ।

उनी सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए ।

उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Loading...