Rumpum

Rumpum Advertisement

विकासको लागि नेकपा कांग्रेस भाइभाइ : मन्त्री बाँस्कोटा

विकासको लागि नेकपा कांग्रेस भाइभाइ : मन्त्री बाँस्कोटा

काठमाडौं २, माघ । विप्लव समूहको गतिविधिलाई सरकारकले प्रतिबन्ध लगाएको विषयलाई पछिल्लो घटनाक्रमले पुष्टि गरेको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए ।

उनले विप्लव समूहको गतिविधि आतंकारी क्रियाकलाप भएको बताए ।

विप्लब समूहले गरेको ध्वंसात्मक गतिविधिप्रति खेद प्रकट गर्दै उनले कानूनी प्रक्रिया र विधिद्वारा समस्याको निरुपण गरिने बताए ।

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार आफैँले छानबिन चलाइरहेको उनले बताए ।

उनले सार्वजनिक चासोको विषयमा हल्ला फैलाएर शक्तिशाली देखिन विप्लब समूहले बम विस्फोट गराएको बताए ।

विप्लबले कब्जा गरेर जग्गा कब्जा नहुने बताए । ललित निवासको जग्गा सरकारी भएको भन्दै व्यक्तिलाई दिन नसकिने उनले बताए ।

‘रावलको ज्यान सुरक्षित छ’

प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको बताए ।

उनले रावलमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरे ।

यदि साँच्चै रावलमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्ने बताए । रावलको लागि सरकारले सुरक्षा व्यवस्था मिलाएको बताए ।

वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उनलाई सफाइ दिइएको बताए ।

प्रवक्ता बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)अन्तर्गतको आर्थिक सहायता स्वीकार गर्ने प्रक्रिया झण्डै एक दशक अघिदेखि अगाडि बढेको बताए ।

एमसिसी सहायतामा कुनै राजनीतिक विषय नजोड्न उनको आग्रह छ ।

प्रवक्ता बाँस्कोटाले मुलुकको समृद्धिको अभियानमा नेकपा र नेपाली काँग्रेस भाइभाइ नै भएको टिप्पणी गरे ।

उनले काँग्रेसमात्र होइन अन्य दल पनि त्यसमा पर्ने बताए । देश निर्माणमा सँगसँगै काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रवक्ता बाँस्कोटाले मुलुकको समृद्धिको अभियानमा नेकपा र नेपाली काँग्रेस भाइभाइ नै भएको टिप्पणी गरे ।

उनले काँग्रेसमात्र होइन अन्य दल पनि त्यसमा पर्ने बताए । देश निर्माणमा सँगसँगै काम गर्नुपर्ने उनको भनाइ छ ।