प्रेसर हर्न नियन्त्रण गर्न राजमार्गमा खटियो प्रहरी

विराटनगर, २ माघ । प्रहरी कार्यालय मोरङले उत्तरी मोरङको राजमार्ग क्षेत्रमा चेकजाँच गरी प्रेसर हर्न राखिएका सवारी साधनलाई कारबाही गरेको छ ।

प्रहरीले बिहीबार १ सय ४० वटा सवारी साधनमा प्रेसर हर्न हटाएर कारबाही गरेको हो ।

ध्वनी प्रदुषण गरी जनस्वास्थ्यमा असर गरिरहेको भन्दै प्रहरीले फेरी प्रेसर हर्न नियन्त्रण अभियान सुरु गरेको छ ।

यस्तै प्रहरी कार्यालयले सबै सवारी साधनमा प्रेसर हर्न प्रयोग गरिएको भए तत्काल हटाउन समेत आग्रह गरेको छ ।

प्रेसर हर्न राखिएको भेटिए कारबाही गर्ने चेतावनी जिल्ला प्रहरी कार्यालय मोरङले दिएको छ ।

Loading...