विराट बुद्ध स्पोर्टिङ क्लबको कार्यालय स्थापना

विराटनगर, २ माघ । विराटनगर ११ मा रहेको बुद्ध स्पोर्टिङ क्लबको कार्याललयको उद्घाटन गरिएको छ ।

विराटनगर ११ मा पहिलो पटक स्पोर्र्टिङ क्लव स्थापन गरेका युवाहरुले क्लवको कार्यालय स्थापना गरेका हुन् ।

रोहित कोइरालाको अगुवाईमा विराटनगर महानगरपालिका वडा नम्बर ११ शिक्षा विकास तथा समन्वय इकाइको अगाडी सुगमको भवनमा कार्यालय क्लब संचालनमा आएको हो ।

विराट बुद्ध स्पोर्टिङ क्लबको कार्यालयको उद्घाटन नेकपा मोरङका युवा तथा खेलकुद विभागका प्रमुख परशुराम बस्नेत र वडा नम्बर ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले गरे ।

कार्याललय भवनको उद्घाटन गर्दै बस्नेतले युवाहरु खेलकुदमा एक हुनु पर्ने धारणा राखे ।

वडा अध्यक्ष न्यौपानेले वडा नम्बर ११ मा खेलकुद गतिविधि गर्ने क्लब नभएको अबस्थामा क्लबले वडामा खेलकुदका गतिबिधि बढ्ने विश्वास व्यक्त गरे ।

आर्थिक रुपमा समस्या आउन नदिनको लागि वडा तहबाट आफुले सहयोग गर्ने वचन समेत उनले व्यक्त गरे ।

क्लबका अध्यक्ष रोहित कोइरालाले कार्यालय नहुँदापनि खेलकुद गतिबिधि गरिरहेको बताउँदै कार्यालयको स्थापनासँगै खेलकुदका गतिविधि बढ्ने विश्वास दिलाए ।

Loading...