विराटनगरमा खसी भन्दै बाख्राको मासु बेच्दै गर्दा पक्राउ

विराटनगर, २ माघ । खर्सी भन्दै बाख्राको मासु बेचेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मोरङको कटहरी गाउँपालिका–१ का ४० वर्षीय मोहम्मद कयुवलाई बाख्राको मासु बेच्दै गरेको अवस्थामा प्रहरीले बिहीबार विराटनगरको भृकुटी चौकबाट पक्राउ गरेको हो ।

खसीको भनेर बाख्राको मासु बेच्दै गरेको पाइएपछि पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।

प्रहरीकाअनुसार कयुवले गाउँबाटै बाख्रा काटेर मासु बिक्रीका लागि विराटनगर लिएर आएका थिए ।

उनको साथबाट पाँच किलो मासु बरामद भएको छ ।कयुवले अर्डरअनुसार नै बाख्राको मासु लिएर आएको बताए ।

उनले कटहरीमै बाख्री काटेर बिक्रीका लागि मासु विराटनगर लिएर आउने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

बाख्रीको मासु बिक्रीमा संलग्न कटहरी–१ का २२ वर्षीय मोहम्मद आरिफ भने फरार रहेको डीएसपी गौतमले बताए ।

Loading...