पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त

मस्को, २ माघ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री मिखाइल मिशुस्टिनलाई नियुक्त गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेभले राजीनामा दिएपछि खाली भएकाले प्रधानमन्त्री पदमा मिखाइललाई नियुक्त गरेका हुन् ।

उनले संघीय कर सेवा प्रमुख मिखाइल नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए ।

मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताए ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

संबिधान संसोधनका लागि आगामी सबै निर्णय राष्ट्रपतिले लिने मेद्भदेभले बताए ।

Loading...