अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा

सिड्नी, २ माघ । अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ ।

बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताए ।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

लाखौँ जनावर पनि जलेर मरेका छन् ।

न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले बताए ।

वर्षा कति समय हुने र कति ठुलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुँदैन भन्ने निर्धारण हुने उनीहरुले बताए ।

स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् ।

Loading...