गोरु काटेको आरोपमा पक्राउ

इलाम, २ माघ । गोरु काटेको आरोपमा इलामको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् ।

गाउँमा गोरु काटिरहेको खबर पाएपछि फिक्कल प्रहरीचौकीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताए ।

घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए ।

Loading...