बिहान तातो पानीमा कागती र मह राखेर पिउनुका फाइदाहरू

विराटनगर, २ माघ । नियमित रूपमा विहान तातो पानीमा मह र कागती मिसाएर पिउँदा शरीरमा विभिन्न फाइदाहरू गर्छ । तातो पानी, मह र कागती आफैँमा पनि फाइदाजनक हुन् ।

यी तीनको मिश्रणको सेवनले शरीरमा एक दुई दिनमा काम नगरे पनि निरन्तर एक साता देखि परिवर्तन देखिन थाल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत परेर विषाक्त पदार्थलाई बाहिर निकालेर पेट सफा राख्न मद्दत गर्छ । मह एक एन्टीब्याक्टेरियल तत्व भएका कारणले यसले शरीरमा कुनै पनि प्रकारको संक्रमण हुन दिँदैन ।

मह, कागती र तातोपानीको मिश्रणमा शरीरका लागि फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषक तत्त्व पाइन्छ । पानी र आवश्यक तरल पदार्थको कमीमा शरीरलाई थकान महसुस हुन्छ जसले कब्जियत, अनिन्द्रा, रक्तचापको समस्या, तनाव र मानसिक स्वास्थ्यमा असर पार्छ । दैनिक नियमित रूपमा तातोपानीमा मह र कागती मिसाएर पिउने गर्दा यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

तातो पानीमा कागती र पानी मिसाएर पिउँदा भोक कम लाग्ने तथा सुगर लेबल पनि कम हुने हुँदा पर्याप्त इनर्जी प्रदान गर्नुका साथै रोगविरुद्ध लड्ने प्रतिरोधी प्रणालीलाई मजबूत गर्छ । नियमित रूपमा सेवन गर्नाले भोक कम लाग्ने तथा शरीरको बोसो पगाल्ने हुँदा शरीरको अनावश्यक तौल घटाउन पनि मद्दत गर्छ । युटिआई संक्रमणबाट पीडित महिलाका लागि, मुख गनाउने समस्या भएका तथा छालामा समस्या भएका व्यक्तिहरूका लागि तातो पानीमा कागती र मह राखेर पिउनु निकै फाइदाजनक हुन्छ ।

Loading...