‘लभ आजकल’को फर्स्टलुकमा सारा र कार्तिक

विराटनगर, २ माघ । ‘लभ आजकल’ को सिक्वलको फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । अहिलेका चर्चित अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलीखानको मूख्य भूमिका रहेको फिल्मको सार्वजनिक गरिएको पोस्टरमा यी दुईलाई देख्न सकिन्छ ।

साराले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत फिल्मको पोस्टरलाई सार्वजनिक गर्दै फिल्मको ट्रेलर भोलि सार्वजनिक हुने जानकारी दिएकी छन् । फिल्ममा साराले जोइ र कार्तिकले वीरको पात्र निभाएका छन् । प्रेम कहानीमा आधारित रहेको फिल्म १४ फेब्रुवरीमा रिलिज हुने पक्का छ ।

इम्तियाज अलीको निर्देशनमा बनेको फिल्ममा कार्तिक र साराका साथै रणदीप हुडा पनि मुख्य भूमिकामा रहेका छन् । लभ आजकल सेफ अलीखान र दीपिका पादूकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो । फिल्मलाई ‘लभ आजकल २’ नभनिएर पुरानै नाममा बनाइएको छ । कार्तिक र साराको जोडीलाई हेर्नका लागि दर्शकहरू निकै उत्साहित देखिन्छन् ।

Loading...