यसकारण राखिन्छ स्मार्टफोनमा दुई वा बढी क्यामरा

विराटनगर, २ माघ । हाल बजारमा उपलब्ध हुने स्मार्टफोनमा दुई वा दुईभन्दा बढी क्यामराहरूको प्रयोग भएको पाइन्छ । सस्तो बजेटका स्मार्टफोनमा समेत दुई वा दुईभन्दा बढी क्यामरा हुन्छन् । त्यसरी प्रयोग भएका क्यामेराको के काम हुन्छन् सोको पनि जानकारी हुँदा प्रयोगकर्तालाई फाइदा नै हुन्छ ।

सुरुमा एचटिसीले पहिलोपटक दुई वटा क्यामरा भएको स्मार्टफोन एचटिसी इभो थ्रीडी लन्च गरेको थियो जसमा दोस्रो क्यामराको प्रयोग केवल थ्रीडी फोटो खिच्नका लागि गरिन्थ्यो । एचटिसीले नै एचटिसी वान एम एट र बटरफ्लाई थ्रीडीसँग डबल क्यामराको ट्रेन्डलाई निरन्तरता दिएको थियो । तर अहिले आएर एचटिसी पछि एप्पल, हुवावे, सामसङलगायत सबै स्मार्टफोन निर्माताले डबल वा बढी क्यामरा भएको स्मार्टफोनहरू ल्याएका छन् ।

१. मोनोक्रोम लेन्स

रंगिन तस्बिर खिच्न सक्ने क्यामराले खिचेको तस्विरलाई ब्ल्याक एण्ड ह्वाइट सेन्सरले खिचेको तस्विरसँग मिसाएपछि तस्बिर अझ राम्रो काम मोनोक्रोम सेन्सर भएको लेन्सले गर्ने हुँदा हुवावेले आफ्नो अधिकांश स्मार्टफोनमा जुम लेन्सको सट्टा मोनोक्रोम अर्थात् ब्ल्याक एण्ड ह्वाइट सेन्सरको प्रयोग गरेको छ । यस्तो लेन्सले तस्बिरमा डायनामिक रेन्जको सुधार गर्नुका साथै तस्बिरको रंग र गुणस्तरमा पनि सुधार ल्याउँछ ।

२. जुमका लागि टेलिफोटो लेन्स

विशेषगरी एप्पलका सबै आइफोन र सायोमीका केही स्मार्टफोनहरूमा दोस्रो क्यामरा जुमका लागि प्रयोग गरिएको छ । यस्तो टेलिफोटो लेन्सले टाढाको वस्तुलाई गुणस्तर नघट्ने गरी फोटोमा कैद गर्न सक्छ । यस्ता लेन्सले २ गुणासम्म जुम गर्न सहयोग पु¥याउने छ ।

३. डेप्थ सेन्सर

स्मार्टफोनमा प्रयोग हुने दोस्रो क्यामरा जुम, मोनोक्रोम वा वाइड एन्गल जुन सुकै प्रायोजनका लागि भए पनि उक्त क्यामराबाट ब्लर अर्थात् ब्होके इफ्फेक्ट निकाल्न मिल्छ । हालमा पाइने सस्ता तथा मध्यमस्तरीय स्मार्टफोनहरूमा ब्लर इफ्फेक्ट दिनका लागि भए पनि दोस्रो क्यामराको प्रयोग गरिएको हुन्छ । यस्तो फोनमा पहिलो मुख्य क्यामराले तस्बिर खिच्छ भने दोस्रो क्यामराले उक्त तस्बिरको गहिराई मापन गर्न सहयोग पु¥याउँछ र ब्लर हाल्नलाई सहयोग गर्छ ।

४. वाइड एन्गल लेन्स

वाइड एन्गल लेन्सले तस्बिरमा धेरै कुराहरू समेट्न सक्छ । आजभोलि प्रायः स्मार्टफोनमा पनि यस्तो वाइड एन्गल लेन्स प्रयोग भएको पाइन्छ । सामसङले यस्तो लेन्स आफ्नो सेल्फी क्यामरामा प्रयोग गरेको छ जसबाट एकै पटकमा धेरै जनाको सेल्फी खिच्न सजिलो हुन्छ । एलजीले भने आफ्नो स्मार्टफोनहरुमा मोनोक्रोम र जुमको सट्टा ठूलो फिल्ड वाफ भ्यु भएको वाइड एन्गल लेन्स प्रयोग गर्ने गरेको छ ।

Loading...