Rumpum

Rumpum Advertisement

रुघाखोकीले सताएको बेला बाफ लिँदा हुन्छन् यस्ता फाइदा

रुघाखोकीले सताएको बेला बाफ लिँदा हुन्छन् यस्ता फाइदा

विराटनगर, २ माघ । मौसम परिवर्तन हुँदा तथा चिसो मौसममा अधिकांश मानिसहरूलाई रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउने गर्छ । यी समस्या सामान्य भएका कारण मानिसहरू धेरै घरेलु विधि अपनाएर उपचार गर्नतिर लाग्छन् ।

त्यसमध्ये पनि सबैभन्दा सजिलो भनेको तातो पानीको बाफ लिनु हो । रुघाखोकीको समस्या भएको बेलामा तातोपनीबाट बाफ लिँदा छिट्टै राहत प्राप्त हुन्छ । सजिलो भए पनि केही मानिसहरूलाई बाफ लिने सही तरिका थाहा हुँदैन । एउटा ठिक्कको भाँडामा उम्लेको पानी र त्यसमा कुनै हर्बल या आवश्यकताअनुसार पुदिनाको पात राख्न सकिन्छ ।

आजकल बजारमा सजिलैसँग पाइने सन्चो, बोजो तथा विभिन्न आयुर्वेदिक औषधिको प्रयोग पनि गरिन्छ । त्यसपछि, टाउकोलाई बाक्लो रुमालले छोपेर तातोपानी हालेको भाँडाभन्दा करिब ३० सेन्टिमिटरको दूरीमा बसेर पानी राखेको भाँडा र टाउको रुमालले मज्जाले छोप्नुपर्छ । मुख छोपिसकेपछि एक वा दुई मिनेटसम्म नाकले मात्र सास फेर्नुपर्छ ।

त्यसपछि केही समय ब्रेक लिएर पटकपटक उक्त प्रक्रियालाई दोहो¥याउनु पर्छ । यसरी बाफ लिँदा नाकबाट सास फेरिन्छ र सास घाँटी हुँदै फोक्सोसम्म पुग्छ । तातो हावाले निकै राहत अनुभव गराएर बन्द भएको नाकलाई खुलाउन मद्दत गरी सास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्छ ।

तातो बाफले शरीरको तापक्रम वृद्धि गरी इम्युनिटी बढेर, रक्तधमनीको विस्तार हुन्छ जसले गर्दा ब्लड सर्कुलेसनमा सुधार हुनुका साथै अनुहारको छिद्राहरू खुल्न थाल्छन् । अनुहारमा सुन्दरता प्राप्त गर्न चाहनेले पनि तातो पानीको बाफ लिन सक्छन् । सोही कारण बाफ लिएपछि मुहारको चमकमा धेरै परिवर्तन आउन सक्छ ।

तातो बाफले व्याक्टेरिया तथा किटाणुसँग लड्ने क्षमता वृद्धि गर्ने डब्लुबिसीको उत्पादन बढाउँछ । तातोपानीको बाफ लिँदै गर्दा केही असुविधा या अनुहार पोलेको अनुभव भएमा तरुन्तै रुमाल हटेर बाफ लिन छोड्नु पर्छ । साथै बच्चा, गर्भवती महिला वा रोगीहरूले बाफ लिँदा निकै सावधानी अपनाउनुपर्छ ।