घाटमा जलाउन लागेको महिलाको शव प्रहरीद्वारा नियन्त्रणमा

विराटनगर, २ माघ । प्रहरीले घाटबाट महिलाको शव नियन्त्रणमा लिएको छ । विराटनगर ८ सिंघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको हो ।

स्थानीय २८ वर्षीया प्रेमदेवी साहको मृत्युु शंकास्पद भएको उजुरीपछि प्रहरीले जलाउन लागेको शव नियन्त्रणमा लिएको हो । मृत महिलाको घाँटीमा चोट देखिएपछि प्रहरीले अनुसन्धान सुरु जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

संकास्पद अवस्थामा भेटिएकाे शव पाेष्टमार्टमका लागि काेशी अञ्चल अस्पताल लगिएकाे अधिकारीले बताए ।

Loading...