‘गंगुबाई काठियावाडी’ मा आलिया ‘माफिया क्वीन’

विराटनगर, २ माघ । बलिउडको अहिलेकी चर्चित अभिनेत्री बन्न सफल रहेकी आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म ‘गंगुबाई काठियावाडी’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ । आलियाले सामाजिक सञ्जालमा फिल्ममा आफ्नो भूमिकाको तस्बिर सार्वजनिक गर्दै फ्यानहरूलाई जानकारी दिएकी हुन् ।

निर्देशक सञ्जयलीला भन्सालीको निर्देशनमा छायांकन भइरहेको ‘गंगुबाई काठियावाडी’मा आलिया भट्टलाई ‘माफिया क्वीन’को रूपमा प्रस्तुत गरिएको छ । फिल्मको कथा हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बई’ नोबेलमा आधारित रहेको छ भने फिल्ममा एक वेश्यालय मालिकको कथा रहनेछ । आलियाले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेसँगै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

निर्माण टिमले फिल्म ११ सेप्टेम्बरबाट रिलिज गर्ने पक्का गरेका छन् । भन्सालीको निर्देशनमा बन्न लागेको ‘इन्शाअल्लाह’ नबन्ने भएपछि दर्शकहरू उनको नयाँ चलचित्रको लागि प्रतीक्षा गरिरहेका छन् ।

Loading...