सोलुमा आगलागीबाट लाखौँको क्षति

सोलुखुम्बु, २ माघ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ केरुङमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय मानकाजी थापामगरको घरमा आगलागी हुँदा करिब ६५ लाख बराबरको क्षति भएको हो ।

बुधबार राति साढे ११ बजेको समयमा थापामगरको ढुङ्गामाटो र ढुङ्गाकै छानो भएको २ तले घरमा आगलागी हुँदा सोघरभित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरू जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी केरुङबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा उक्त आगो बिहानको राति साढे ३ बजेको समयमा पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।

Loading...