सय करोड क्लबमा अजयको ‘तान्हाजी’

एजेन्सी, २ माघ । बलिउडका चर्चित अभिनेता अजय देवगन अभिनित सयौं फिल्म ‘तान्हाजीः द अनसङ वारियर’ले बक्सि अफिसमा १ सय करोड भारु कमाइ गरेको छ । फिल्मले उत्कृष्ट ओपनिङ गर्दै रिलिजको छैटौं दिनमा सय करोड भारु कमाइ गरेको हो ।

df

रिलिजको साता दिन पुग्नुअगावै सय करोड पार गर्ने ‘तानाजी’ यस वर्षको पहिलो फिल्म बनेको छ । १ सय ५० करोड भारुको लागतमा तयार भएको फिल्मले छिट्टै आफ्नो लगानी उठाउने भएको छ । विश्लेषक तथा दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको कारण फिल्मको व्यापारमा थप उल्लेख्य वृद्धि हुने बताइएको छ । ‘तान्हाजी’ भारतमा ३ हजार ८ सय ८० र विदेशमा ६ सय ६० स्क्रिीनमा प्रदर्शनरित छ ।

ओम राउतको निर्देशनमा बनेको एतिहासिक फिल्ममा अजय देवगनका साथ अभिनेता सैफअली खान र अभिनेत्री काजोलको मुख्य अभिनय रहेको छ । ‘तान्हाजी’ अजय देवगनको १००औँ फिल्म रहेको छ ।

Loading...