मोटरसाइकलको ठक्करबाट वृद्धको ज्यान गयो

मोरङ, २ माघ । मोरङमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–७ डंग्राहास्थित भित्रि सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय छेतधर्नु खाँथारुको मृत्यु भएको हो ।,

बुधबार दिउँसो साढे १ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाइकलले स्थानीय छेतधर्नुलाई बाटोमा पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइते उनको उपचारको क्रममा बिराट मेडिकल अस्पताल टंकीमा साझँ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका २३ वर्षीय अक्ष्यकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

Loading...