‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर २ माघ । ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी गीतलाई सार्वजनिक गरिएको हो ।

बब्लु गिरीको स्वर तथा संगीतमा तयार भएको गीतमा मिना निरौलाले गायनमा साथ दिएकी छिन् भने गीतमा डीपी खनालको शब्द छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका अधिकांश कलाकारलाई देखाइएको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की, अभिनेता दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी देखिएका छन् ।

यस्तै किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।

गीतमा दिलिप प्रियंका र सलोन वर्षालाई जोडीको रुपमा देखाइएको छ ।

कविराज गहतराजले कोरियोग्राफ गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् ।

भिडियोलाई मीत्र डी गुरुङले सम्पादन गरेका हुन् । फिल्म चैत्र २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

शिवहरिको लेखनमा तयार भएको फिल्ममा उनलाई किरण केसी र दीलिप रायमाझीले निर्माणमा साथ दिएका छन् ।

टेलिसिरियल निर्माण गरिरहेका शिवहरिले आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा पारिवारिक तथा कमेडी कथावस्तुलाई फिल्ममा उठाउने प्रयास गरेका छन् ।

उनले फिल्मलाई बास्तविकतामा आधारित कमेडी फिल्म बनाउने प्रयास गरेका छन् ।

Loading...