पत्रपत्रिकामा प्रदेश : पूर्वपश्चिम राजमार्गको अतिक्रमण हटाइने


विराटनगर २ पुस । झापामा पूर्व पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ ।

डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पत्रचार गरेको छ ।

काकँडभिट्टादेखि दमकसम्म ५० किलोमिटर सडकमा ६ वटा नगरपालिकाले छुन्छ ।

मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी, र दमक नगरपालिका पुर्वपश्चिम राजमार्गमा पर्छन् ।

यस्तै एक गाउँपालिका कमलले झापामा पूर्वपश्चिम राजमार्गलाई छोएको छ ।

सडक मिचेर बनाइएका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

अक्रिमणको कारण दुर्घटनावृद्धि भएको र एसियाली सडक समेत भविष्यमा यही सडक बन्ने भएको करण अतिक्रमण हटाउन पहल थालिएको कार्यालयका प्रमुख श्यामकुमार यादवले बताए ।

कहिले बन्ला मेची पुल जोड्ने पक्की सडक शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य समाचार छापेको छ ।

मेची पुल बनेपनि नेपाल भारत दुवैतर्फ सडक कच्ची भएको कारण यसको उपयोग हुन सकेको छैन् ।

कालोपत्रे सडक निर्माण प्रकृयालाई चाडो सम्पन्न गर्न नेपाल तथा भारतका सरकारलाई ध्यानाकर्षण पत्र बुझाएपनि कामले गति लिन सकेको छैन् ।

नेपालमा हुलाकी राजर्मा निर्देशनालय काठमाडौंले झण्डै डेढ वर्ष समय वितेपनि काम सुरु भएको छैन् ।

नेपालबाट गएको टोलीले भारत बिहारका मुख्यमन्त्री नितिश कुमारलाई पनि भेटेर ज्ञापन पत्र बुझाए ।

उनीहरुले पुल पारिपनि मुख्य सडक सम्म र रेल स्टेशन सम्म पुग्ने सडकको स्तरोन्तनी र कालोपत्रे गर्न माग गरे ।

प्रदेश नामकारणमा सत्तारुढ सांसद नै विभाजित

प्रदेश नामकारणमा सत्तारुढ सांसद नै विभाजित शिर्षकमा कान्तिपुरको प्रदेश १ पृष्ठमा खबर छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेश को नाममा किराँत जोड्नु पर्ने पक्षमा छन् ।

यस्तै पूर्वमाओवादीका सांसदहरु पहिचानसहित नाम राख्नु पर्ने पक्षमा छन् ।

यता पूर्व एमालेहरु पहिचानलाई प्रदेशको नामसँग जोड्न नहुने मत राख्दै्र आएका छन् ।

तर ४ वटा प्रदेशले नाम राखिसकेपछि प्रदेश १ ले पनि नाम राख्नै पर्ने दवाव आएको छ ।

मुख्यमन्त्री शेरधन राईले सर्वसहमतिमै नामको विषय टुंग्याइने बताए ।

उनले अब छिट्टै सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनबाट नामकरण टुंग्याउने उनले बताए ।

Loading...