संसदलाई अधिकार सम्पन्न बनाउने पुटिनको तयारी, प्रधानमन्त्रीले दिए राजीनामा

विराटनगर (एजेन्सी) १ माघ । रुसका राष्ट्रपति भ्यालदिमर पुटिनले राष्ट्रपति भन्दा बढी संसदमा अधिकार दिने गरी संविधानको संसोधन गर्न खोजेका छन् ।

संसदलाई अधिकारसम्पन्न बनाउने गरी संविधान सुधार गर्ने योजना पुटिनले बनाएपछि रुसका प्रधानमन्त्री दिमित्रि मेदभदेभसहित मन्त्रिमण्डलले नै राजीनामा दिएको छ ।

संविधान संसोधन भए न्यायपालिका र कार्यकारी अधिकारका क्षेत्रमा नै आमुल परिवर्तन आउने छ ।

प्रधानमन्त्री मेद्भदेभले राजीनामा दिएपछि उनलाई राष्ट्रीय परिषदको कार्यवाहक अध्यक्ष बनाइने भएको छ ।

पुटिनको कार्यकाल २०२४ मा सकिँदै छ ।

यसले पनि लामो समयसम्म सत्तामा रहन पुटिनले संविधान संसोधन गर्न चाहेको बताइएको छ ।

तर पुटिनले भने एक व्यक्तिले चार पटक राष्ट्रपति हुन पाउने समयसीमा घटाएर २ पटकमा झार्नु पर्ने बताएका छन् ।

Loading...