पाकिस्तान प्रशासित कस्मीरमा हिमपात र वर्षाले ६२ जनाको मृत्यु

पाकिस्तान १ माघ । वर्षा र हिमपातको कारण पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा ६२ जनाको मृत्यु भएको छ ।

वर्षा र हिमपातको कारण ५३ जना घाइते भएका छन् । २८ जना हराइरहेका छन् ।

उनीहरुका अनुसार ५८ ओटा घर पूर्ण रुपमा क्षति पुगेको छ । यस्तै ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ ।

प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् ।

निलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्याँहा ५९ जनाको मृत्यु भएको छ ।

हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा कादरीले बताए ।

वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ ।

Loading...