सडक महोत्सव सुरु

विराटनगर १ माघ । विराटनगरमा बुधबारदेखि ‘विराट सडक महोत्सव’ सुरु भएको छ ।

मन्जिना मूभिज क्रिएशनको आयोजनामा हिमालय रोडमा सुरू भएको महोत्सवको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।

भ्रमर्ण वर्ष २०२० लाई सफल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धन गर्न सडक महोत्सव आयोजना गरिएको मन्जिना मुभिजका प्रवन्ध निर्देशक जतिन ताम्राकारले बताए ।

दिउँसो ३ देखि ८ बजेसम्म हुने सडक महोत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारहरुको स्टल रहेको छ ।

सडक महोत्सवमा प्रदेश १ का रमणीय पर्यटकी गन्तव्यको जानकारी दिन तस्वीर प्रदर्शनमा राखिएको छ ।

यस्तै विभिन्न कलाकार तथा गायकहरुको दैनिक प्रस्तुती रहने छ । महोत्सव ४ माघसम्म सञ्चालन हुने छ ।

Loading...