birat ribon

‘एमसीसीका गलत प्रावधान हटाएरमौ अनुमोदन गर्नु पर्छ’- नेता नेपाल

Neuro
‘एमसीसीका गलत प्रावधान हटाएरमौ अनुमोदन गर्नु पर्छ’- नेता नेपाल

सिन्धुली १ माघ । अहिलेकै स्वरुपमा एमसीसी सम्झौता स्वीकार गर्न नसकिने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

उनले यथास्थितिमा अमेरिकासँग भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता स्वीकार गर्न नसकिने बताएका हुन् ।

cura insider

बुधबार सिन्धुलीमा आयोजित कार्यकर्ता भेटघाटमा नेता नेपालले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै सम्झौता अनुमोदन गर्नु पर्ने बताए ।

एमसीसीका कतिपय प्रावधानहरु गलत रहेको उनको भनाइ छ ।

उनले नेपालले सबै राष्ट्रहरुको सहयोग लिने बताउँदै गलत मनसायबाट आएका सहयोग भने स्वीकार गर्न नसक्ने बताए ।

नेता नेपालले नेकपाका जनप्रतिनिधिलाई सय वर्षको दूरदृष्टि राखेर काम गर्न सुझाव दिए।

jackson ribon