किमाथाङ्कामा बीओपी

विराटनगर, १ माघ । प्रदेश १ को उत्तरी नाका किमाथाङ्कामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट स्थापना गरेको छ । सीमामा हुने अबैध चोरी निकासी पैठारीलाई रोक्न सशस्त्रले किमाथाङ्कामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको हो ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–१ मंगलबार पटक बोर्डर आउट पोष्ट बिओपी किमाथाङ्का उद्घाटन गरिएको हो ।

प्रहरी सहायक निरीक्षकको नेतृत्त्वमा रहने पोष्टको सशस्त्र प्रहरी बल प्रदेश १ बाहीनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले उद्घाटन गरेका थिए ।

बीओपी उद्घाटनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर चार्टर गरिएको थियो । विराटनगर–किमाथाङ्का सडक निर्माणधीन अवस्थामा छ । दुई देशको सीमा जोड्ने सडकको निर्माण कार्य सरकारले तीब्र बनाएको छ । सशस्त्र प्रहरीले सम्भावित चोरी निकासी रोक्न बीओपी राखेको हो ।

Loading...