birat ribon

काभानी एथ्लेटिकोमा अनुबन्ध हुने सम्भावना बढ्यो

Neuro
काभानी एथ्लेटिकोमा अनुबन्ध हुने सम्भावना बढ्यो

एजेन्सी, १ माघ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी इडिन्सन काभानी एथ्लेटिको मड्रिडमा अनुबन्ध हुने सम्भावना बढेको छ । एथ्लेटिकोका अध्यक्षले काभानीको विषयमा कुरा गर्न फ्रान्स पुगेपछि उनी स्पेन आउन सक्ने सम्भावना बढेको हो ।

स्पेनिस मिडिया मार्काका अनुसार एथ्लेटिकोका सीईओ मिगुएल एन्जल गिल मारिन मंगलबार काभानीको विषयलाई लिएर पेरिस पुगेका तिए । उरुग्वेका स्टार काभानीलाई भित्र्याउने प्रयासमा उनले पीएसजीका अध्यक्ष नासार अल–खेलाफीलाई पनि भेटेका थिए ।

cura insider

गिल मारिनले अध्यक्ष खेलाफीका साथै पीएसजीका खेल निर्देशक लियोनार्दोलाई पनि भेटेको मार्काले जनाएको छ । यसअघि लियोनार्दोले एथ्लेटिकोले काभानीको विषयमा राखेको प्रस्ताव अस्वीकार गरेका थिए ।

पीएसजीका स्ट्राइकर काभानी पनि एथ्लेटिको आउन इच्छुक देखिएको जनाइएको छ । हाल स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पेका साथमा रहेर खेलिरहेका उनले अब ला लिगा खेल्न चाहेको ‘स्काई इटालिया’को दाबी छ ।

उसका अनुसार यसै विन्टर मार्केटमा ३२ वर्षीय काभानी एथ्लेटिकोसँग ३ वर्षे सहमति गर्नका लागि इच्छुक रहेको जनाइएको छ । फ्रान्सेली लिगमा प्रभाव जमाउन सफल उनले यस सिजनको लिग वानमा ९ खेल खेल्दा २ गोल गरेका छन् ।

jackson ribon