birat ribon

पोषक तत्त्वले भरिएको खिचडी

Neuro
पोषक तत्त्वले भरिएको खिचडी

विराटनगर, १ माघ । माघे संक्रान्तिका दिन कतिपय ठाउँमा खिचडी पनि खाने गरिन्छ । खिचडी खानलाई माघेसंक्रान्ति नै कुर्नुपर्छ भन्ने छैन । बिरामी पर्दा वा जाडोको समयमा खिचडी धेरै खाने गरिन्छ ।

जाडोको लागि अतिउपयोगी मानिने जाउलो वा खिचडी खाने चलन पौराणीककालदेखि चलेको हो । पोषण र स्वास्थ्यको हिसाबले खिचडी बहुउपयोगी खानेकुरा हो । खिचडी दाल, चामल तथा आफूले मनपरेको तरकारीहरू एकसाथ मिलाएर पकाइने परिकार हो ।

cura insider

खिचडी नेपाली समाजमा थोरै नै खाइने तर लोकप्रिय भोजनअन्तर्गत पर्छ । बिरामी हुँदा पनि चिकित्सकहरूले खिचडी खान सुझाव दिने गर्छन् । खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस प्रचुर मात्रामा पाउने गरिन्छ । चामल, दाल तथा तरकारी आफैँमा पनि विभिन्न पोषक तत्त्वहरू हुने हुँदा यो आफैँमा पनि फाइदाजनक हुन्छ ।

शरीरलाई आवश्यक पर्ने सबै कुराहरु सहजै प्राप्त हुने तथा पकाउन पनि सजिलो हुने भएकोले यसको सेवन गरिन्छ । खिचडीलाई पचाउन एकदम सजिलो हुन्छ । यसको सेवनले शरीरलाई उर्जा प्रदान गरी शरीरमा रोगप्रतिरोधी क्षमतालाई मजबुत बनाउन सहयोग गर्छ । चिसोको समयमा जिउलाई न्यानो बनाउन तथा जाडो महिनामा देखापर्ने समस्यामा पनि खिचडी लाभदायक हुन्छ ।

jackson ribon