birat ribon

सन्दीपले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

Neuro
सन्दीपले काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

काठमाडौं, १ माघ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी स्टार खेलाडी सन्दीप लामिछानेले आसन्न एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स इलावेनबाट खेल्ने भएका छन् । एभरेष्ट प्रिमियर लिगको अफिसियल साइटले बुधबार एक ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

ट्वीटरमा काठमाडौं किंग्सका प्रशिक्षक विनोद दासले सन्दीपले आफ्नो क्लबबाट ईपीएल खेल्ने जनाएको बताइएको छ । ईपीएलको ट्वीटलाई रिट्वीट गर्दै विनोदले ‘वेलकम’ लेखेका छन् ।

cura insider
aa

हाल अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) खेलिरहेका सन्दीपलाई कति रकममा अनुबन्ध गरेकोबारे भने जानकारी दिइएको छैन । सन्दीपले अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

काठमाडौंले केही दिनअघि मात्र नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीलाई भित्र्याएको थियो । त्यस्तै सुवास खकुरेल, आकाश चन्दलगायतलाई भित्र्याएको थियो ।

यसका साथै उसले विदेशी खेलाडीका रूपमा पनि राम्रा खेलाडी ल्याउने तयारी गरेको छ । जसमा अघिल्लो सिजन खेलेका केभिन ओब्राइनका साथै दुई जना वेष्ट इन्डिजका खेलाडीसँग कुरा गरिरहेको छ ।

jackson ribon