birat ribon

सामान्य रुघाखोकीमा लापरबाही गरे निम्तिन्छ पिनास

Neuro
सामान्य रुघाखोकीमा लापरबाही गरे निम्तिन्छ पिनास

विराटनगर, १ माघ । मौसम परिवर्तनका कारण आजकल मानिसहरु छिट्टै बिरामी पर्ने गर्छन् । धेरैजसो मानिसहरूलाई ज्वरो, रुघाखोकी तथा घाँटी दुख्ने समस्याले निकै सताइरहेको पाइन्छ ।

सामान्य देखिए पनि मौसमी रुघाखोकी बल्झिएमा वा लापरबाही गरेमा पिनास, क्षयरोग, निमोनिया, दम, श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ । नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुग्ने रोगलाई पिनास भनिन्छ । रुघाखोकी लागेको बेलामा लापरबाही गर्नाले पिनास हुन सक्छ ।

cura insider

पिनास हुँदा नाकमा सिँगान थुनिन थाल्ने हुँदा ब्याक्टेरिया एवं भाइरसको संक्रमण बढ्न थाल्छ । लापरबाही गर्नुका साथै धूलो–धूवाँ, नाकमा हुने संक्रमण, एलर्जी, नाकभित्रको हड्डी बाङ्गिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु, ट्युमरले गर्दा पनि पिनास हुनु सक्छ । खासै जटिल रोग नभएपनि समस्या आउना साथ उपचार नगराएको खण्डमा रोग गम्भीर बन्न सक्छ । चिसो धेरै हुँदा, खानपानमा ध्यान नहुँदा पिनास लाग्ने सम्भावना थप बढेर जान्छ ।

पिनास हुन लागेको व्यक्तिमा सुरुमा रुघा लाग्ने, निरन्तर सिगाँन बगिरहने, नाक बन्द भइरहने, टाउको दुख्ने, कान दुख्ने, माथिल्ला दाँतहरू दुख्ने, आँखा सुन्निने, घाँटी दुख्ने, माइग्रेन भएजस्तो हुने, कुनै पनि गन्ध नाकले महसुस गर्न नसक्ने लक्षणहरू देखा पर्न थाल्छ ।

पिनास बिग्रिने क्रममा नाकबाट दुर्गन्धित रगत, फोहोर तथा मिश्रित पहेँलो सिँगान आउँछ । सामान्य कुरामा लापरबाहीका कारणले निम्तिने रोग पिनासबाट बच्नका लागि विशेष ध्यान दिनु जरुरी छ । रुघाखोकी हुँदा संक्रमण फैलिएर पिनास हुने भएकाले जाडोको मौसममा चिसो खाने कुरा धेरै खानु हुँदैन ।

अण्डा तथा डेरी पदार्थहरूबाट टाढा रहने, अमिरो, पिरो तथा चिल्लो खानेकुरालाई त्याग्नु पर्छ । साथै, घर वरिपरि सफा राख्ने, घरबाट निस्किने बेलामा धूलो–धूवाँबाट जोगिन सफा मास्क लगाउने, प्रशस्त मात्रामा तातो पानी पिउने तथा बाफ लिने गर्दा पिनासबाट जोगिन सकिन्छ । रुघा बिग्रेर पिनास भएमा उपचार गर्नुपर्ने हुन्छ ।

jackson ribon