birat ribon

टोटनह्यामले भित्र्यायो बेन्फिकाका मिडफिल्डर

Neuro
टोटनह्यामले भित्र्यायो बेन्फिकाका मिडफिल्डर

एजेन्सी, १ माघ । इंग्लिस क्लब टोटनह्याम हटस्परले बेन्फिकाका मिडफिल्डर जेडसन फर्नान्डेसलाई क्लबमा भित्र्याएको छ । प्रिमियर लिग क्लब टोटनह्यामले पोर्चुगिज क्लब बेन्फिकाका फर्नान्डेसलाई १८ महिनाका लागि लोनमा भित्र्याएको हो ।

पोर्चुगिज खेलाडी फर्नान्डेसलाई टोटनह्यामले ५६ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको बताइएको छ । २१ वर्षीय फर्नान्डेस जोसे मौरिन्हो क्लब आएपछि अनुबन्ध हुने पहिलो खेलाडी बने । खबरका अनुसार मौरिन्होकै सुझावमा टोटनह्यामले उनलाई क्लबमा ल्याएको हो ।

cura insider

उनलाई घाइते अवस्थामा रहेका मौरा सिस्को र सरुवाको चर्चामा रहेका क्रिस्टियन इरिक्सनको विकल्पको रूपमा हेरिएको छ ।

jackson ribon