birat ribon

‘हाम्रो सेल्फी किङ’ प्रतियोगिता सुरु हुँदै, विजेतालाई छात्रवृत्ति

Neuro
‘हाम्रो सेल्फी किङ’ प्रतियोगिता सुरु हुँदै, विजेतालाई छात्रवृत्ति

विराटनगर, १ माघ । माघको २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘सेल्फी किङ’ले फिल्म प्रचारको नयाँ तरिका अपनाएको छ । निर्माण टिमले ‘हाम्रो सेल्फी किङ’ नाम दिइएको सेल्फी प्रतियोगितामा आयोजना गर्न लागिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो सेल्फी पोस्ट गर्न सक्नेछन् । सेल्फी खिच्न चाहनेले तस्बिर खिच्दा विभिन्न मेकअपको समेत प्रयोग गर्न सक्नेछन् । विजेता छनोट गर्दा पोस्ट गरिएका सेल्फीहरूमध्ये अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने र विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टूडियोमा ३ महिनाको अभिनयको तालिमको छात्रवृत्ति प्रदान गरिने छ ।

cura insider

प्रतियोगितामा सहभागी हुन चाहनेहरूले ‘हाम्रो कम्यूनिटी’ मार्फत् सेल्फी पोष्ट गर्न सक्नेछन् । माघ ५ गतेदेखि माघ २० गतेसम्म प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ । निर्माता दिनेश राउतले प्रतियोगीताले कलाकार बन्न चाहनेहरूका लागि प्रतियोगिताले मद्दत पुग्ने विश्वास राखेका छन् ।

काठमाडौँदेखि सोलुखुम्बुसम्म गरेको यात्रा र त्यस बेलामा आउने विभिन्न अवस्थाहरूलाई फिल्ममा उतारिएको छ । विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता विपिन कार्कीका साथ लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

jackson ribon