birat ribon

रोनाल्डो नहुँदा ला लिगा खल्लो : मेस्सी

Neuro
रोनाल्डो नहुँदा ला लिगा खल्लो : मेस्सी

एजेन्सी, १ माघ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना प्रतिद्वन्द्वी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोविनाको ला लिगा खल्लो भएको बताएका छन् । ‘डीएजेडएन’सँगको अन्तर्वार्ताका क्रममा बोल्दै मेस्सीले रोनाल्डोविनाको ला लिगा खल्लो भएको बताएका हुन् ।

aaa

अर्जेन्टिनी स्टार मेस्सीले रोनाल्डो हुँदा मात्र ला लिगा विशेष भएको बताए । उनले भने, ‘रोनाल्डो हुँदाको ला लिगा विशेष थियो । म उनी हुँदाको ला लिगा सधैं सम्झन्छु, किनकी पछिल्ला थुप्रै वर्ष मैले आफ्नो स्तर मिलाउनलाई कठिन भएको महसूस गरेको छु ।’

cura insider

मेस्सीले थपे, ‘उनी हुँदा बार्सिलोना र रियल मड्रिडको पनि प्रतिस्पर्धा उस्तै थियो । रियल र बार्सा दुवै विश्वका उत्कृष्ट क्लब हुन् । हामीले लामो समयदेखि समानस्तरमा रहेर प्रतिस्पर्धा गरेका थियौं । मेरो विचारमा यो सबैलाई सम्झनामा रहन्छ । हाम्रो प्रतिद्वन्द्वीता मेरो सम्झनामा सधैं छ ।’

यस्तै मेस्सीले आफूहरूको प्रतिद्वन्द्वीतालाई फुटबलका सबै समर्थकले उस्तै माया गरेको सुनाए । उनले भने, ‘हामीबीचको प्रतिस्पर्धा निकै सुन्दर थियो, व्यक्तिगत रूपमा पनि उस्तै । हाम्रो प्रतिस्पर्धालाई मानिसहरूले माया गरेका थिए । चाहे त्यो रियल मड्रिडका समर्थकले होस् या बार्सिलोनाका । या त सामान्य फुटबलका फ्यानले पनि ।’

jackson ribon