birat ribon

स्वस्थ रहन दैनिक आधा घण्टा गीत–संगीत

Neuro
स्वस्थ रहन दैनिक आधा घण्टा गीत–संगीत

विराटनगर, १ माघ । अधिकांश मानिसहरूको काम गर्दा गर्दै संगीत सुन्ने बानी हुन्छ । धेरैजसोले निन्द्रा नलागेको बेला, अल्छी लागेको बेलामा, तनाव कम गर्न वा मनोरञ्जनका लागि संगीत सुन्ने गर्छन् ।

गीत–संगीतले मुडलाई परिवर्तन गरेर मांसपेशीलाई पनि आराम दिने काम गर्छ । दैनिक दिनको २० देखि ३० मिनेटसम्म गीत–संगीत सुन्दा मानसिक तनाव तथा शारीरिक दुखाइ कम भएर जान्छ । गीत–संगीत सुन्नाले एक्लोपन हराएर मस्तिष्कमा सोच्ने र स्मरण शक्ति बढाएर शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

cura insider

संगीतले दिमागको व्यायाम गराउने हुदा तनाव उत्पन्न गराउने हर्मोन उत्पन्न हुन पाउँदैन । नियमित रूपमा बिहान र साँझ केही समय संगीत सुन्ने बानी बसाउँदा उच्च रक्तचाप, स्ट्रोकको तथा मुटुसम्बन्धी रोगको समस्यामा सुधार गरी मुटुलाई बलियो बनाउन सहयोग गर्छ ।

संगीतले मस्तिस्कमा क्षति भएको भागलाई सुधार र कोषहरूलाई स्वस्थ गरी शरीरको रोगप्रतिरोघत्मक क्षमतालाई बलियो बनाउँछ । संगीतले कार्टिसोल नामक हर्मोनको मात्रालाई कम आशावादी र सकारात्मक महसूस गराउँछ । नियमित संगीत सुन्ने बानीले मस्तिष्कको क्रियाकलाप राम्रो बनाएर हाम्रो क्रिएटिभिटी बढाउँछ ।

संगीतले सिकाइको गतिलाई पनि तीब्र बनाउने काम गर्ने हुँदा गीत सुन्दा गीतको शब्दहरू छिट्टै याद हुने गर्छ । राम्रो शान्त संगीत सुन्दा मानसिक रोगबाट पीडित मानिसलाई सामान्य बनाउनमा समेत मद्दत गर्छ । आफ्नो मनपर्ने संगीतले ध्यानमा एकाग्रता कायम राखेर विभिन्न स्वास्थ्य समस्याबाट छुट्कारा दिन मद्दत पुर्‍याउँछ । कुनै रोगबाट पीडित छौं भने संगीत सुन्दा उक्त समस्या पनि विस्तारै कम भएर जाने गर्छ ।

jackson ribon