visit-nepal

घाँटी काटिएको अवस्थामा महिलाको शव

सुनसरी, १ माघ । सुनसरीको वराहक्षेत्र नगरपालिकामा वीभत्स अवस्थामा महिलाको शव भेटिएको छ । बराहक्षेत्र–१ चतराघाटको दूधपानी खोलामा टाउको छिनाएको अवस्थामा महिलाको शव फेला परेको हो ।

शव भेटिएको स्थानदेखि केहीपर महिलाको टाउको पनि भेटिएको थियो । सडेको अवस्थामा भेटिएकाले घटना पुरानो भएको प्रहरीले जनाएको छ । चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तरतर्फ भेटिएको शवको पहिचान खुल्न सकेको छैन ।

खोलाको बगरमा वीभत्स अवस्थामा भेटिएको शव अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको भएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले शव पहिचानका लागि भोजपुर र उदयपुर जिल्लामा पनि समन्वय गरेको छ ।

घटनास्थलबाट तन्ना, बर्को, महिलाले बोक्ने ब्याग, चक्कु स्टाम्प प्याड पनि भेटिएको थियो । महिलाको औँलामा स्टाम्पको रंगसमेत देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

Loading...