birat ribon

कौटिन्होलाई बार्सिलोना फर्काउने नवनियुक्त प्रशिक्षकको चाहना

Neuro
कौटिन्होलाई बार्सिलोना फर्काउने नवनियुक्त प्रशिक्षकको चाहना

एजेन्सी, १ माघ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक क्वेक सेटिनले ब्राजिलियन स्टार फिलिप्पे कौटिन्होलाई क्लब फर्काउन चाहेका छन् । हालै मात्र क्याप नोउमा नियुक्त भएका सेटिनले लोनमा जर्मन क्लब बायर्न म्यूनिख पुगेका कौटिन्हालाई फर्काउन चाहेको स्पेनिस मिडिया ‘एसईआर’ले जनाएको छ ।

ब्राजिलका स्टार कौटिन्हो केही समयअघि मात्र लोनमा बुन्डेस लिगा बायर्नमा अनुबन्ध भएका थिए । सन् २०१८ मा लिभरपुलबाट कोटिन्होलाई अनुबन्ध गरेको बार्सिलोनाले २०१९ को अन्त्यतिर लोनमा बायर्नलाई दिएको थियो ।

cura insider

लिभरपुलबाट १ सय ४५ मा उनी बार्सिलोना आएका थिए । तर, क्लबको अपेक्षाअनुरुपको प्रदर्शन गर्न नसकेको भन्दै बार्सिलोनाले कौटिन्होलाई लोनमा बायर्न पठाएको थियो । तर, अब नवनियुक्त प्रशिक्षक सेटिनले उनलाई पुनः बार्सिलोना फर्काउन चाहेको ‘एसईआर’को दाबी छ ।

एसईआरका अनुसार सेटिन कौटिन्होका एक ठूला फ्यान हुन् । कौटिन्होले क्लबलाई उत्कृष्ट दिन सक्ने बताउँदै सेटिनले बार्सिलोनालाई उनको आवश्यकता रहेको पनि बताएको खबरमा उल्लेख गरिएको छ ।

jackson ribon