birat ribon

एक्लोपन मुटुरोगको कारण !

Neuro
एक्लोपन मुटुरोगको कारण !

विराटनगर, १ माघ । मानिस सामाजिक प्राणी भएका कारणले मानिसले एक्लै जिन्दगी कहिले बाँच्न सक्दैन । साथी, आफन्त, नातेदार तथा प्रेमीसँग बोल्न, च्याट गर्न, घुमघाम गर्न, पार्टीमा गएर रमाइलो गर्ने मानिसले आफूलाई एक्लोपनबाट टाढा राख्ने माध्यमहरू बनाएका हुन् ।

कोही मानिस धेरैबेर एक्लै बस्न रुचाउँछ भने यसलाई समस्याका रूपमा लिन सकिन्छ । ब्रिटिश रोयल कलेज अफ जनरल प्राक्टिशनर्सका अनुसार भने एक्लोपन मधुमेह जस्तै खतरनाक रोग हो र यसबाट मान्छेको मृत्यु पनि हुन सक्छ । एक्लोपनले मानिसहरूको सोच्ने तथा सम्झिने शक्तिलाई परास्त गर्दै रोगसँग लड्ने क्षमतामा कमी ल्याउने गर्छ ।

cura insider

एक्लोपनले सामान्य रुपमा डर, चिन्ता, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्याहरू निम्त्याउने गर्छ । एक्लोपन साथै मानव जीवनमा भइरहेको जीवन शैलीको परिवर्तनसंगै मुटुरोग मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ । पुरुष तथा महिला दुवैलाई असर पार्ने यो रोग एक्लोपनका कारण अहिले झन् बढ्दो क्रममा देखा पर्न थालेको छ ।

एक्लोपन, विवाह नगरेर बसेका, डिभोर्स गरेका, पार्टनरको मृत्यु भएका व्यक्तिलाई मुटु रोगको जोखिम उच्च हुने अध्ययनले देखाएको छ । अध्ययनमा मुटुको रोग लागेका मानिसले विवाह गरेमा त्यस व्यक्तिले लामो जीवन जिउने सँभावना बढेर जानेसमेत बताइएको छ ।

पार्टनर नभएका मानिसको मुटुरोगका कारण मृत्यु हुने संख्या बढी देखिएको छ । यस्तै विवाहित मान्छेभन्दा पार्टनरको मृत्यु भएकाहरूमा हृदयघातका कारण मृत्यु हुने सम्भावना ७१ प्रतिशत बढी देखियो भने डिभोर्स गरेका र विवाह नगरेका व्यक्तिको मुटु रोग लगेर मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी पाइएको हो ।

jackson ribon