birat ribon

सुशीलको ‘लभ डायरिज’को टिजर सार्वजनिक (भिडियोसहित)

Neuro
सुशीलको ‘लभ डायरिज’को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १ माघ । फिल्म ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । फाल्गुन २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारका लागि फिल्मको निर्माण टिमले टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको टिजरमा अभिनेता सुशील र नवअभिनेत्री रुवीना थापाको प्रेम देख्न सकिन्छ । सौरभ चौधरीको निर्देशनमा तयार गरिएको फिल्ममा सुशील र रुविनाका साथ विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीेलगायतका कलाकारको अभिनय छ ।

cura insider

भ्यालेन्टाइन्स डेको अवसरमा रिलिज हुन लागेको फिल्म प्रेमकथामा आधारित रहेको छ । फिल्मको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । साहिल खान सहनिर्देशक रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सहनिर्माण छ । युवा–युवतीबीचको माया, प्रेम र कमेडीमा आधारित भएको फिल्म मनोरञ्जनात्मक मात्र नभएर एकदम सन्देशमुलक पनि रहेको छ ।

फिल्ममा समावेश गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन् । ‘ट्वीन्स गर्ल’को नृत्य गरेका ‘छमछम’ गीतलाई दर्शकले खासै रुचाएको देखिँदैन ।

jackson ribon