प्रविधी मैत्री शिक्षक समाज अध्यक्षमा बस्याल

विराटनगर, १ माघ । प्रविधि मैत्री शिक्षक समाज नेपालको केन्द्रीय अध्यक्षमा भूपति बस्याल निर्वरोध निर्वाचित भएका छन् । विराटनगरमा भएको प्रथम केन्द्रीय अधिवेशनबाट बस्याल केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रथम अधिवेशनबाट केन्दीय उपाध्यक्षमा हिमाकुमारी थापा र महिला उपाध्क्षमा चन्द्रकला दवाडी चयन भएका छन् ।

२३ सदस्यीय केन्द्रीय समितिको महासचिवमा देवीप्रसाद शर्मा चयन भएका छन् । सचिव र कोषाध्यक्षको जिम्मेवारी हरिहर दाहाल र छबिलाल धमलाले पाएका छन् । त्यस्तै सह कोषाध्यक्षमा लक्ष्मीनारायण साह चयन भएका छन् ।

केन्द्रीय सदस्यहरुमा माधव भट्टराई, कुमारप्रसाद सपकोटा, घनश्याम अधिकारी, राधा विष्ट, पुनम यादव, सिर्जना खनाल,शुशीला ढकाललगायत छन् ।

प्रथम केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पाँच वर्ष भित्र प्रदेश १ का सबै सामुदायिक विद्यालयहरुमा पेपरलेस गरिने बताएका थिए ।

समाजले अन्तराष्ट्रिय शिक्षण प्रवृधि भित्र्याएर सामुदायिक तथा निजी विद्यालयहरुमा लागु गर्न मद्दत गर्दै आएको छ । समाजले विद्यालयलाई प्रविधि मैत्री बनाउँदै सबै शिक्षकहरुको साझा संस्थाको देशभर काम गर्ने योजना अघि सारेको छ ।

Loading...