birat ribon

माघे संक्रान्तिमा प्रयाेग हुने घिउ, चाकु र सख्खरको महत्व

Neuro
माघे संक्रान्तिमा प्रयाेग हुने घिउ, चाकु र सख्खरको महत्व

खानेकुराको महत्व दर्शाउनका लागि मौसम अनुसार विभन्न पर्व, उत्सवको प्रचलन सुरु भएको देखिन्छ । जाडोमा माघे संक्रान्ती मनाइन्छ । माघ १ गते घिउ, चुक, तिल तथा सख्खर खाने गरिन्छ ।

माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गरि शक्ति प्रदान गर्नुका साथै शरीरलाई भित्रबाटै न्यानो बनाइराख्छ ।

cura insider

सख्खरले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ । सखरमा सेलेनियम नामक तत्व हुन्छ जसले एन्टीअक्सिडेन्टको काम गर्छ । यसले घाँटी र फोक्सोेमा संक्रमण हुन दिदैन र घाँटी र फोक्सोलाई स्वस्थ राख्नलाई मद्दत गर्छ ।

सखरको सेवन रुघाखोकी, सर्दी तथा नाकको एलर्जीमा फाइदाजनक हुन्छ ।नाकमा एलर्जी भएका व्यक्तिलाई सखरको सेवनले फाइदा गर्छ । सखर र तिलको मिश्रणलाई खानाले जाडोमा शरीरलाई न्यानो बनाएर रुघाखोकी, सर्दी, कफ तथा दमबाट राहत मिल्छ ।

चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरन पनि प्राप्त गर्न सकिन्छ । तर, मधुमेह र मिर्गौलाकासमस्या भएका बिरामीहरूले भने यसको प्रयोग गर्नु हुँदैन ।

त्यस्तै, घिउले छाला, आँखा तथा मुटुलाई स्वस्थ राखी क्यान्सरसँग लड्न मद्दत गर्छ । घाम बाट पाइने भिटामिन‘डी’ लाई शरीरमा एब्जर्ब गरि शरीरमा भएको रोगसँग लड्ने क्षमताको वृद्धि गरेर दाँत, हाड–जोर्नीको समस्याबाट जोगाउन मद्दत गर्छ ।

घिउले काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन दिदैन जसले गर्दा रगतमा अचानक चिनीको मात्रा बढ्नबाट रोकेर कोलेस्ट्रोल, उच्च रक्तचाप तथा मधुमेहको खतराबाट जोगाउने गर्छ ।

jackson ribon